दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली गाँजरी बस्ने १३ वर्षीया रिता बोहरालाई ब्लड क्यान्सर भएकाले उपचारको लागि रकम अभावको कारण अभियान्ताहरुले रिता बचाऔ अभियान सञ्चालन गरि आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

उपचारमा कम्तिमा ३० लाख खर्च लाग्ने चिकित्सकको सल्लाहपछि देश भित्र र बाहिर रिता बचाऔँ अभियान सञ्चालन गरिएको छ । हालसम्म देश, विदेशबाट झण्डै १० लाख राहत रकम संकलन भएको छ । अझै २० लाख बढी आर्थिक अभाव रहेकोले बालिका रिता बोहराको प्राण रक्षाका लागि अभियानलाई जारी राखिएको छ ।

छविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, घरभित्र

रिता बचाऔँ अभियान देशभित्र दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, झापा लगायत जिल्ला र विदेशमा भारत, मलेसिया, साउदी, दक्षिण कोरिया लगायत मुलुकमा सञ्चालन गरिएको अभियान्ता दिपक बिष्टले जानकारी दिनुभयो ।

सोमबार रिताको उपचारका लागि शैल्यशिखर नगरपालिका वडा नम्बर ३ लुइटा बस्ने गोकुलेश्वर बहुमुखी क्याम्पसका पुर्व उपप्राद्यापक दिवानन्द भट्टले अमेरिकाबाट ५५ हजार रुपैँया पठाउनुभएको छ ।

No description available.विदेशमा बसेर पनि नेपालमा दुखमा परेका मानिसहरुलाई सहयोग गर्ने उद्धेश्यले आफु र आफ्ना साथीहरुबाट सहयोग संकलन गरि पठाइएको उहाँले बताउनुभयो ।

छविमा समावेश हुनसक्ने: ५ जना मानिसहरू, उभिएका मानिसहरू तथा  दाह्री

यस्तै आज सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कस्मिरको राहत कोषमार्फत र सहयोग संकलन गरी नब्बै हजार रुपैँया रिताको उपचारमा राहत स्वरुप उहाकै काका सुदूरपश्चिमेली नेपाली भारत जम्मु कस्मिर राज्य समिति सदस्य कमल सिॅह बोहरालाई हस्तान्तरण गरिएको सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कस्मिर राज्य समिति इन्चार्ज बाशुदेव जोशीले बताउनुभयो ।

छविमा समावेश हुनसक्ने: ५ जना मानिसहरू, Dipak Bist Dixit सहित, उभिएका मानिसहरू, '乐 vivo dual camera Shot on Y91 Blood Cancer रिता बोहरा बचाउ अजियान दार्चुला जिल्ला लेकम गा.पा वडा नं.-१ सर्मोली गांजरी बस्ने नरेन्द्र बोहराक १३ वर्षीय छोरी रिता वोहरा श्री वडिपूर मा. वि. सर्मोलीमा कक्षा हाल BLOOD CANCER अघ्ययरत छात्रा मरणको 2021 31 13:44' भन्ने पाठ
यस्तै दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबि खलंगा र मालिकार्जुन नमुना माबि धापबाट शिक्षक र विद्यार्थीहरुले समेत सहयोग गरेका छन् । ‘रिता बचाऔँ’ अभियानलाई महेन्द्र नमुना माबि खलंगाबाट झण्डै २० हजार र मालिकार्जुन नमुना माबि धापबाट ३१ हजार आठ सय छासठ्ठी रुपैँया आर्थिक सहयोग प्राप्त भएको अभियान्ता बिष्टले बताउनुभयो ।

छविमा समावेश हुनसक्ने: १५ जना मानिसहरू, Dipak Bist Dixit सहित, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  टोपी

यस्तै लेकम गाउँपालिका भित्रका खरकडा, रातामाटा, लाली, सर्मोली लगायत विद्यालय, सरकारी कार्यालय र समाजसेवी तथा परोपकारी शुभचिन्तकहरुबाट राहात रकम संकलन भइरहेको छ ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले ब्लड क्यान्सरको उपचारमा समस्या भएपछि स्याङजाकी अभियन्ता सरस्वती काफ्ले र दार्चुलाको सर्मोलीका दिपक विष्ट लगायतका अभियन्ताहरुले रिता बताऔँ अभियान चलाएका छन् ।

मलेसियामा रोजगारी गरी फर्किनुभएका रिताका बुवाले कमाएको पैशा सकिएर उपचारका लागि समस्या परेपछि अभियन्ताहरुले रिता बोहराको जीवन रक्षाका लागि अभियान चलाउनु परेको अभियान्ता सरस्वती काफ्ले बताउनुभयो । १३ वर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोगबाट पीडित रिता बोहराको अहिले काठमाण्डौँ स्थित बालकान्ति हस्पिटलमा उपचार भइरहेको छ ।

छविमा समावेश हुनसक्ने: 1 व्यक्ति, बसिरहेको तथा  शयन गर्दै

छविमा समावेश हुनसक्ने: ६ जना मानिसहरू, Dipak Bist Dixit सहित, उभिएका मानिसहरू तथा  बाहिरी

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?