दार्चुला । दार्चुलामा महाकाली नदी थुनिएको छ । जिल्लाको माल्पा भन्ने ठाउँमा पहिरो गएपछि नदी थुनिएको हो ।
भारतीय पक्षले बाटो बनाइरहेको ठाउँमा मंगलबार पहिरो खसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै पहिरोले नदी थुनिएकाले सतर्क रहन आग्रह गरेको छ ।
नदीमा जम्मा भएको पानी जुनसुकै समयमा पनि फुट्न सक्ने सम्भावना रहेकाले सबैलाई सतर्क रहन पनि प्रशासनले आग्रह गरेको छ । पहिरोले नदी थुनिएपछि स्थानीय त्रसित बनेका छन् ।





प्रतिक्रिया