दार्चुलाको महाकाली नदीमा बाटो खन्ने क्रममा झरेको चट्टान हटाउने काम सुरु भएको छ ।
अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम सुरु गरिरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा मंगलबार माल्पा क्षेत्रमा चट्टान खसेको थियो । महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ ।
टोलीले चट्टानका कारण धेरै जोखिम भने नरहेको जनाएको छ ।




