दार्चुला । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेक घर भएका हरिदत्त जोशी समावेशी आयोगको आयुक्तमा नियुक्त हुनुभएको छ ।
गत मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले जोशीलाई आयुक्त पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो ।
सोही सिफारिश अनुसार बुधबार जोशीले शपथ ग्रहण गर्नुभएको छ । २०४२ सालदेखि मजदुर आन्दोलनमा रहेका जोशी २०४६ सालदेखि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आवद्ध रहनु भएको थियो ।
तत्कालिन एमाले निक मजदुरहरुको संगठन जिफन्टको उहाँ उपाध्यक्ष समेत भईसक्नु भएको छ । समावेशी आयोगको आयुक्तमा नियुक्त भएपछि जोशीले आयोगको कार्यक्षेत्र अनुसार आफूले काम गर्ने बताउनुभयो ।
दुर्गम क्षेत्रबाट आफूले नियुक्ती पाएकोमा खुसी व्यक्त गर्दै आयुक्त जोशीले संविधानले दिएको जिम्मेवारी अनुसार आफूले काम गर्ने बताउनुभयो । बुधबार संवैधानिक निकायका पदाधिकारीहरुले शपथ लिएका छन् ।





प्रतिक्रिया