गोकुलेश्वर विमानस्थलका लागि ५० करोड बढी बजेटको सुनिश्चितता

दार्चुला । अढाइ दशक देखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलको काम सुचारु हुने भएको छ । विमानस्थल संचालनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाको पहलमा अर्थ मन्त्रालयबाट ५० करोड ४९ लाख ४९ हजार बजेटको सुनिश्चितता भई निर्माणको काम अगाडी बढाउने निर्णय भएको छ ।

अर्थ मन्त्रालयको मिति २०७७ साल माघ २१ गतेको निर्णय अनुसार विमानस्थलको निमार्ण कार्य अगाडी बढाउने उद्धेश्यले बजेटको सुनिश्चितता भएको सहमति पत्र राष्टिय योजना आयोगलाई पठाइएको अर्थ मन्त्रालयका शाखा अधिकृत काशीराज पौडेलले जानकारी दिनुभयो । उक्त पत्रको बोधार्थ संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाण्डौँलाई पठाइएको छ ।

फोटो विवरण उपलब्ध छैन।

गत वर्ष डिपीआर तयार गरी स्वीकृत भइ सकेको उक्त विमानस्थल सञ्चालनका लागि बजेटको सुनिश्चितता भएसंगै वहुवर्षे ठेक्कामार्फत यसै आर्थिक वर्षबाट काम सुरु हुने बताइएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकहरुले समेत सेवा पाउने छन् । विमानस्थलले जिल्लाको समृद्धिमा महत्तपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

दार्चुलाको दिर्घकालिन विकासको लागि दार्चुला तिंकर सडकलाई नेपाली सेनामार्फत द्रुत गतिमा निर्माण गर्ने र गोकुलेश्वर विमानस्थल सञ्चालन गर्ने लगायत जिल्लाको विकास र समृद्धिसंग सम्बन्धित विभिन्न कामहरु भइरहेको मन्त्री ठगुन्नाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?