दार्चुला । नेकपा प्रचण्ड–माधव समुहले आज आह्वान गरेको आमहड्तालको प्रभाव दार्चुलामा आंशिक रुपमा देखिएको छ ।

सरकारले गरेका असंबैधानीक कदमको विरोध गर्दे संघर्ष गरिरहेको उक्त समुहले आज आमहड्ताल गरेको छ । दार्चुलामा पनि केहि विद्यालय बन्द भएका छन । भने यातायातका साधनहरु प्रहरी स्कटिङमा मात्रै सञ्चालन भइरहेका छन् । बजार आंशिक रुपमा खुलेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने, दार्चुलामा बन्दको खासै प्रभाव नपरेको बताएको छ । जिल्लामा सञ्चालीत यातायातका साधन चलेका छन, भने बजार पनि खुलेको प्रहरीले जनाएको छ । सडकमा र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै जिल्ला भरि सुरक्षा व्यवस्थामा कडाई पारिएको प्रहरीले जनाएको छ । शैक्षिक संस्थाहरुमा भने आंशिक प्रभाव देखिएको प्रहरीले जनाएको छ ।

तर नेकपा प्रचण्ड–माधव समुहका जिल्ला अध्यक्ष गणेश खत्रीले भने यातायात र बजार पुर्ण रुपमा बन्द रहेको बताउनुभयो । सदरमुकाम क्षेत्रमा बजार आंसिक रुपमा बन्द रहेको उहाँले बताउनुभयो ।

निर्धक्क भएर गाडी र व्यवसाय चलाउन सरकारको आग्रह

सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बस लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले सुरक्षाका दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृहमन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक गाडी अवरोधलगायतका गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने उहाँले बताउनुभयो ।

यस्तै, प्रहरीले कहीँकतै केही समस्या भए प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

May be an image of पाठ

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?