दार्चुला । नेपाल टेलिकम दुरसंचार कार्यालय दार्चुलाका कार्यालय प्रमुख केबि गुरुङ्ग दिर्घ सेवा पदकबाट सम्मानित हुनु भएको छ ।

नेपाल टेलिकमको १७ औं वार्षिकोत्सव समारोहमा प्रादेशिक निर्देशनालय अत्तरीया कैलालीमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख गुरुङ्गलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको हो ।

संस्थाको सेवामा अनवरत रुपमा २० वर्ष भन्दा बढी सेवा गरेका कार्यालय प्रमुख गुरुङ्गलाई कदरपत्र समेत प्रदान गरिएको छ ।

३ वर्ष अघि नेपाल टेलिकम दार्चुलाको प्रमुखमा हाजिरी भएका गुरुङ्गले जिल्लामा उपलब्धी मुलक कार्यहरु गर्नु भएको छ । स्थापनाकाल देखी विद्युतीकरण हुन नसकेको बालशिखर टावरमा विद्युतीकरण, संचार सेवाबाट संधै बञ्चित रहेको अपिहिमाल गाउँपालिकाको क्षत्ति घाजिरमा टुजी/थ्रीजी र ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा फोरजी टावर स्थापना उहाको कार्यकालको मुख्य उपलब्धी मानिन्छन् ।

दिर्घसेवा पदकबाट सम्मानित भएका कार्यालय प्रमुख गुरुङ्गले कामको मुल्याङकन गरी गरिएको सम्मान प्रति आभार व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?