दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा टोली खटिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नतृत्वमा टोली खटिएको हो ।
टोलीले बैतडी पुगेर अनुसन्धानको काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यस्तै केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोली समेत अनुसन्धानका लागि बैतडी पुगेको उहाँले बताउनुभयो । सो टोलीको नेतृत्व पनि एसएसपी पाण्डेले नै गर्नुभएको छ ।





प्रतिक्रिया