दार्चुला । दार्चुलामा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ६ बस्ने ५५ बर्षिय कृष्ण धामीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर ६ कपडे भीरको तल देथला–खार–खलंगा सडकबाट अन्दाजी दुई सय मिटर तल खोला किनारमा शनिबार (आज) विहान उहाँको शव फेला परेका थियो ।
शवको अवस्था हेर्दा भिरबाट लडेको हुन सक्ने प्रहरीको भनाई छ ।
घट्नाको अनुसन्धानको लागी होपरीगाढ प्रहरी चौकीको प्रहरी टोली र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




