भागरथीको बलात्कारपछि हत्या भएको घटनामा दाहाल–नेपाल (नेकपा) द्वारा भर्त्सना

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको दाहाल–नेपाल समूहको नेकपाले भर्त्सना गरेको छ ।

शनिबार (आज) शोक वक्तव्य जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको जानकारी दिनुभएको छ ।

डेढ वर्षअघि निर्मला पन्तको हत्याको प्रसङ्ग कोट्याउँदै उहाँहरूले राज्यसंयन्त्र नागरिकलाई शान्तिसुरक्षा दिन असफल भएको बताउनुभयो ।

उहाँहरूले सरकारसमक्ष निर्मला पन्तको घटनामा जस्तै गैरजिम्मेवार नबन्न र सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।

भागरथीको बलात्कारपछि हत्या भएको घटनामा दाहाल–नेपाल(नेकपा)द्वारा भर्त्सना

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?