दार्चुला । बैतडीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ मड भन्ने स्थानमा आइतबार (आज) बिहान सवा ९ बजेतिर सु प्र प ०१००१ क १५८४ नम्बरको ढुंगा बोकेको टिप्पर दुर्घटनामा परेको हो ।
टिप्पर दुर्घटना हुँदा चालक शिवनाथ गाउँपालिका २ का ३९ बर्षीय हिक्मत साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एवं प्रवक्ता जनकबहादुर धामीले जानकारी दिनुभयो ।
सडकबाट खसेको टिप्पर भीरमा रुखको आडमा अड्किएको छ भने मृतकका शव निकालिएको उहाँले बताउनुभयो ।




