बैतडी : गोली हानी आफ्नै छोरीको हत्या गर्ने बुवा पक्राउ

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकामा गोली हानी आफ्नै छोरीको हत्या गर्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । यहि माघ २४ गते आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने पुर्चौडी नगरपालिका–१० का ६८ वर्षीय धनबहादुर महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले गोली प्रहार गर्ने महरालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । महराले माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २२ वर्षीया विवाहित छोरी बेलमती महरा धामीको हत्या गरेका थिए।

सुआहारा कार्यालय बैतडीका कार्यालय सहयोगी उत्तम बहादुर बिष्टको सहयोगमा महरालाई बैतडीकै दोगडाकेदार गाउँपालिकाको कटौजपानी मान्लेक भन्ने ठाउँबाट प्रक्राउ गरिएको हो । बैतडी जान टिकट खोजीरहेका महरालाई कार्यालय सहयोगी बिष्टले बैतडीसम्म संगै जाने भनेर फकाएर प्रहरीलाई खबर गरेपछि खोचलेक प्रहरीले समात्न सफल भएको पुर्चौडीबाट हाम्रा समाचारदाता हरि सिह साउँदले जानकारी दिनुभयो ।

महराले प्रयोग गरेको भरुवा बन्दुक अझैपनि फेला नपरेकोले असई नरेन्द्र बडाल नेतृत्वको टोलीले हतियारको खोजि गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?