दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पालिकाको सबै वडाका केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने भनेर आर्थिक वर्ष २०७४÷०७५ को अन्त्यतिर एक करोड १६ लाखमा एक्स्काभेटर मेसिन खरिद गरेको थियो । सो एक्स्काभेटरलाई सञ्चालन गर्न गाउँपालिकाले चालक र सहचालक गरि दुई जना कर्मचारीलाई नियुक्ति पनि दिएको छ । तर खरिद गरेको १५ महिनासम्म चलेको सो एक्स्काभेटर दुई वर्ष यता गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ८ पस्तीमा अलपत्र छोडिएको छ ।

एक्स्काभेटर सञ्चालनमा नआएको प्रति स्थानीयसंगै गाउँपालिकाकै जनप्रतिनिधिले समेत गुनासो व्यक्त गरेका छन् । मालिकार्जुन गाउँपालिका–८ का वडाअध्यक्ष प्रेमराज पन्तले सबै वडामा सडक बिस्तार गर्न एक्स्काभेटर खरिद गरिएपनि अहिले सो एक्स्काभेटर बिग्रिएर अलपत्र अवस्थामा रहेको बताउनुभयो । वडाअध्यक्ष पन्तले भन्नुभयो, वडा नम्बर ५ जाने सडक बनाउँदा दुई वर्ष अगाडि एक्स्काभेटर खराब भयो । जसका कारण अहिले भएको ठाउँसम्म ल्याइ पुर्याउन पाँच लाख खर्च भएको थियो । त्यसपछि मर्मत नगरिदा अलपत्र अवस्थामा छ । विग्रेको एक्स्काभेटर मर्मत गर्ने जिम्मेवारी उपाध्यक्ष नेतृत्वको उपकारण मर्मत समितिलाई दिइएको गाउँपालिकाले जनाइएको छ ।

उपाध्यक्ष पुष्पा अवस्थीले भने गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले मर्मतको लागि बजेट दिनुको सट्टा आफुलाई बदनाम गर्न खोजिरहेको आरोप लगाउनुभयो । निर्णय मात्रै गर्ने तर बजेट माग गर्दा मर्मत शिर्षकमा बजेट छैन भन्ने काम अध्यक्ष र प्रमुख प्रशासकीयले गर्ने गरेका छन, उपाध्यक्ष अवस्थीले भन्नुभयो, महिला भएकै आधारमा आफूलाई बदनाम गर्न उपाध्यक्षले काम गरेन भन्ने गरेका छन् । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले भने उपाध्यक्ष नेतृत्वको समितिले नै एक्स्काभेटर मर्मत गर्नु भनेर कार्यपालिकाबाट चार पटक निर्णय गरिएको बताउनुभयो ।

No description available.

मालिकार्जुन गाउँपालिकामा मात्रै होइन, सडक निर्माण लगायत विकासे गतिविधि सञ्चालन गर्न करोडौं बजेटमा अधिकासं स्थानीय तहहरुले खरिद गरेका डोजर, एक्स्काभेटर र टिपरलगायत यन्त्र उपकरण अलपत्र पर्न थालेका छन् । बिग्रेका यन्त्र उपकरण मर्मत सम्भार गर्नुको साटो विकासे गतिविधि ठेक्कामार्फत गरिन थालेपछि ती यन्त्र उपकरण बेकामे र अलपत्र पर्न थालेका हुन् ।

सुरुमा निर्वाचित हुँदा निकै उत्साहित भएर विकासका लागि भन्दै स्थानीय तहमार्फत करोडौ मूल्यका उपकरण खरिद गराएका जनप्रतिनिधिहरु पछिल्लो समय आर्थिक लाभ र कमिसनको चक्करमा पालिकाको मेसिन थन्काएर निर्माण व्यवसायीका मेसिनहरुबाट काम गराइरहेका छन् । जसको कारण सरकारी उपकरणहरुको वेवास्ता हुँदै आएको छ । भने राज्यलाई आर्थिक भार समेत थपिएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?