दार्चुलामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी भट्ट आउँदै

दार्चुला । दार्चुलामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी मनोहर प्रसाद भट्ट आउने भएका छन् ।

दार्चुलाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका डिएसपी पदम बहादुर विष्टको एसपीमा बढुवा भएपछि नयाँ प्रहरी प्रमुख आउन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुस्कर ऐरीले जानकारी दिनुभयो ।

मंगलबार सरुवा भएकाले नयाँ प्रहरी प्रमुखको रुपमा दुई–तीन दिन भित्र डिएसपी भट्ट दार्चुला आईपुग्ने उहाँको भनाई छ । प्रहरी प्रधान कार्यालयको माघ २७ गतेको बैठकले ६ वटा डिएसपीहरुको सरुवा गरेको छ ।

सोहि अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी मनोहर प्रसाद भट्टको जिल्ला प्रहरी कार्यालय दार्चुलामा सरुवा भएको छ । ६ वटा डिएसपीहरुको सरुवा संगै अछाम र ताप्लेजुङले पनि नयाँ डिएसपी पाउने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?