पुर्चौडीको मल्लादेहिमा टावर बनाउन १५ लाख विनियोजन

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाको ५१ औँ कार्यपालिका बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

आजको बैठकले सञ्चार सुविधा विस्तारका लागि पुर्चौडी नगरपालिका वडा नम्बर ८ मल्लादेही देधारमा टावर निर्माण गर्न १५ लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ । यस्तै नगरपालिकाको हिउँदे अधिवेसन फागुन १२ गतेभित्र सम्पन्न गरिसक्ने निर्णय गरिएको नगरप्रवक्ता दलबहादुर धामीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा विनियोजन गरिएका केहि योजनाहरुको सम्झौता हालसम्म समेत नगरेको पाइएकोले फागुन मसान्तभित्र योजना सम्झौताको म्याद थप गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कोभिड अस्थाई अस्पतालमा कार्यरत डाक्टर प्रकाश चौधरी सहित स्टाफ नर्श र कार्यालय सहयोगीलाई पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा साविककै सेवासुविधासहित निरन्तरता दिने निर्णय गरिएको प्रवक्ता दलबहादुर धामीलाई उद्धित गर्दै रेडियो लोकदर्पणका पुर्चौडी समाचारदाता हरि सिह साउँदले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?