दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा फागुन ६ गते बाट अपाङ्ग परिचय पत्र वितरण निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
अपि हिमाल गाउँपालिकाको आयोजनामा अपाङ्ग परिचय पत्र वितरण स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
गाउँपालिकाले सबै वडाहरुमा उक्त कार्यक्रम सञ्चालन गरिने जनाएको छ । गाउँपालिकाले सबै वडाहरुमा कार्यक्रम सञ्चालन गरि अपाङ्ग परिचय पत्र वितरण गर्ने कार्यक्रम राखेको छ । भने सोही अवसरमा सामान्य स्वास्थय परिक्षण समेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृ लक्ष्मण सिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाले अगामी फागुन ६ गते वडा नम्बर ५ र ६ का स्थानीयहरुको लागी ओखलमा विहान १० बजे स्वास्थ्य शिविरमा सञ्चालन हुने जनाएको छ । गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीयहरुलाई ओखलमा विहान १० बज शिविरमा आउन गाउँपालिकाले आग्रह गरेको छ ।
त्यस्तै वडा नम्बर १ र २ का स्थानीयहरुको लागी फागुन ८ गते घुसामा कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण सिंह धामीले जानकारी दिनुभयो ।
वडा नम्बर ३ र ४ का स्थानीयहरुको लागी फागुन ९ गते खण्डेश्वरी स्वास्थ्यचौकीमा कार्यक्रम सञ्चालन हुने बताईएको छ ।
अपाङ्ग परिचय पत्र वितरण स्वास्थ्य शिविरमा आउनेहरुले अनिर्वाय रुपमा ३ प्रति फोटो, नेपाली नगारीकताको फोटोकपि , जन्म दर्ता प्रमाण पत्र तथा वडा कार्यालयको सिफासिर सहित सभागि हुन गाउँपालिकाले आग्रह गरेको छ ।
यस्तै उक्त शिविर कार्यक्रममा वडा कार्यालयको छाप र आवश्यक सिफारिस फारम सहित वडा सचिब तथा वडा अध्यक्षहरुलाई शिविरमा अनिवार्य उपस्थित हुन पनि गाउँपालिकाले आग्रह गरेको छ ।





प्रतिक्रिया