दार्चुलाको मार्मा गाउँपालिकामा ‘जनयुद्ध’ दिवस मनाइदै

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार २६ औँ जनयुद्ध दिवस मनाइरहेको छ ।

दार्चुलाको मार्मा गाउँपालिकाले लटिनाथमा जनयुद्ध दिवस भव्यताका साथ मनाउने तयारी गरिएको जनाएको छ ।

मार्मा गाउँपालिकाले बृहत रुपमा जनयुद्ध दिवस मनाउन सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

जनयुद्ध दिवसको अवसरमा मार्मा गाउँपालिकामा सञ्चालन हुने कार्यक्रममा नेकपा प्रचण्ड-माधव समूहका सुदूरपश्चिम प्रदेश कमिटी सह इन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्य रहने मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो । यस्तै कार्यक्रमको विशेष अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी लगायत नेताहरु मार्मा पुगेका छन् ।

सांस्कृतिक कार्यक्रम सहित दिवसलाई भव्य मनाउन कार्यक्रममा गायक मनोजसिह धामीको समेत प्रस्तुती रहने जनाइएको छ ।

गाउँपालिकाले पहिलो पटक भव्य रुपमा दिवस मनाउन लागेको भन्दै शान्ति, सुरक्षालाई मध्यनजर गरेर गाउँपालिका क्षेत्रमा मदिरा सेवन तथा विक्रिवितरणमा रोक लगाइएको गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

सम्बन्धित समाचार : आज २६ औं जनयुद्ध दिवस मनाइँदै

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?