दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै आज २६ औँ जनयुद्ध दिवस मनाएको छ । दार्चुलाको मार्मा गाउँपालिकाले आयोजना गरेको सो सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम सह-इन्चार्ज खगराज भट्टले बादशाहहरुको हुकुमी आदेश सहन नसकेर जनयुद्ध गरेको धारणा राख्नुभयो ।

मार्मा गाउँपालिकामा आयोजित २६ औँ जनयुद्ध दिवस कार्यक्रममा सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य भट्टले भन्नुभयो, हामीले देशका बादशाहका हुकुमी आदेश सहन नसकेर हामीले जनयुद्ध गरेका थियौँ । देशमा महिलाहरुलाई बच्चा पाउने मेसिनको रुपमा लिने गरिएकाले त्यसको बिरुद्धमा जनयुद्ध गर्नु परेको उहाँको भनाई थियो । देशको राष्ट्रपतिमा महिला रहन सक्ने व्यवस्था पनि जनयुद्धको उपज भएको उहाँको संकेत थियो । साथै स्थानीय तहहरुमा प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला रहने व्यवस्था गरिएको संविधान प्राप्तका लागि जनयुद्ध गरिएको नेता भट्टले बताउनुभयो ।

देशका जनजातीहरुलाई हेप्ने प्रद्धतिका बिरुद्ध बिद्रोह गरिएको र सबै नेपालीहरुको सामान अधिकारका लागि, आत्मसम्मान र स्वभिमानका लागि बिद्रोह गरिएको उहाँले दाबी गर्नुभयो । सबै नेपालीहरुले आफूहरुको अपनत्व गर्ने खालको संविधान ल्याउन बिद्रोह गरेको नेता भट्टको भनाई थियो । पञ्चायत कालदेखि नै भोट हाल्दै आएको तर अध्यक्ष वा प्रधानपञ्चको सीटमा बस्न पाउने अवस्था नभएको स्मरण गर्दै अहिलेको संविधानले प्रमुख तथा उपप्रमुखमा पनि निर्वाचन लड्न सक्ने व्यवस्था सहितको संविधान ल्याएको उहाँले बताउनुभयो । दलित समुदाय, आदिवासी, जनजाती तथा महिलाहरुकोे सभागिता हुने व्यवस्था सहितको संविधान जनयुद्धबाटै प्राप्त भएको उहाँले दाबी गर्नुभयो । कयौँ आमाहरुको कोख रित्याएर, बुढेस कालका बुवाहरुको लाठी छिनाएर, दिदी चेली बहिनीको सिन्दुर मेटिएर, बालबालिकाहरुको साहारा ढलाएर यो संविधान ल्याएको बताउदै उहाँले हजारौँका बलिदानीबाट प्राप्त भएको संविधान कलमको मसीले नभर्ई रगतले लेखिएको संविधान भएकोे धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै दार्चुला जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर धामी सन्तोसले अहिलेको सरकार प्रतिगमनको बाटोमा लागेकोले जनताले दुःख पाईरहेको बताउनुभयो । उहाँले आफु दार्चुला जिल्लाको विकासको लागी सदैब अडिग रहेको भन्दै सकारात्मक परिर्वतनका लगी सबैले आवाज उठानुपर्ने बेला आएको बताउनुभयो । केपी ओली नेतृत्वको सरकार अहिले प्रतिगमनको बाटोमा हिडिरहेको भन्दै उहाँले त्यसको विरुद्ध सबै दाचुलेली जनताले उठ्नुपर्ने बेला आएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले सरकारले आफ्ना नेता कार्यक्रतालाई विना कारण पक्राउ गरि अधिनायक वादी चरित्र देखाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिलेको सरकारले शक्तिको आडमा जुन किसिमका गतिविधि गरिरहेको छ त्यो हाम्रा लागी असह्य छ । सरकारले देखाएको अधिनायकवादी चरित्र र प्रतिगमनका विरुद्ध फेरि एक चोटी बन्दुक उठाउन पनि तयार रहेको उहाँको भनाई थियो । त्यस्तै उहाँले मार्मा गाउँपालिकाको सम्रग विकासको लागी आफु सधै त्तपर रहेको बताउनुभयो।

भिडियो हेर्न यहाँ  क्लिक गर्नुहोला

No description available.

त्यस्तै कार्यक्रममा बोल्दै साविकको लटिनाथ गाउँ विकास समितिका पुर्व अध्यक्ष अध्यक्ष गोपालदत्त जोशीले कम्युनिष्टहरुले मिल्न नसक्दा देश दुर्घटनाको दिसातर्फ लम्कीरहेको बताउनुभयो । उहाँले कम्युनिष्टहरुको काधमा जनताले देश विकासको जिम्मेवारी सुम्पेको भए पनि कम्युनिष्टहरु मिल्न नसक्नु देश र जनताको लागी ठुलो दुर्भाग्यको कुरा भएको धारणा राख्नुभयो ।

२६ औँ जनयुद्ध दिवसको अवसरमा सहिदहरुलाई सम्मान गरिएको छ । दार्चुला जिल्लाबाट जनयुद्धको क्रममा सहिद भएक ७१ जना सहिद तथा जनयुद्धका घाइते अपाङ्गहरुलाई पनि सम्मान गरिएको छ, भने सहिद परिवारलाई कदर पत्र हस्तातरण गरिएकोछ । त्यस्तै कार्यक्रममा नेपाली काग्रेश परित्याग गरि जगत सिंह ठगुन्ना र डब्बल सिंह ठगुन्नाले नेकपामा प्रवेश गरेका छन ।

No description available.

भिडियो हेर्न यहाँ  क्लिक गर्नुहोला

कार्यक्रममा मार्मा गाउँपालिकाका ६ वटै वडाहरुको तर्फ बाट सास्कृतीक झाकी पनि प्रर्दशन गरिएको थियो । मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेकपा प्रचण्ड माधव समुहका केन्द्रि कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सह इन्चार्ज खगराज भट्ट, प्रदेश सभा सदस्य मानबहादुर धामी सन्तोस, नेकपा जिल्ला अध्यक्ष गणेश खत्री, नेकपा नेता ज्ञानेन्द्र घर्ती, राष्टिय लोकदोहोरी गायक मनोजसिंह धामी, जनवादी गायिका पुर्णीमा ठगुन्ना लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

No description available.

भिडियो हेर्न यहाँ  क्लिक गर्नुहोला

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?