नेपालको टी-ट्वान्टी वरीयता यथावत

दार्चुला । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ ।यस्तै अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७१ औं स्थानमा रहेका छन् ।पूर्व कप्तान पारसको वरीयता सुधार भएको हो ।

यस्तै नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने बलिङतर्फ ८० औं स्थानमा रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?