दार्चुला : महिलाको हत्या गरि फरार रहेका आरोपि तेस्रो दिन पक्राउ

दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ६ गडिगाडका अम्मरा खत्रीका हत्या आरोपि अकबर सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन ४ गते दिउँसो खर काट्न गएका खत्रीलाई भीरमा लात्ताले हानेर हत्या गरे लगत्तै बोहरा फरार थिए ।
खत्रीको हत्या गरेर फरार रहेका वर्ष अन्दाजी २५ का अकबर सिंह बोहरा बिहीबार (आज) बिहान प्रहरीले समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भास्कर चन्दले बताउनुभयो । ‘फरार रहेका आरोपी समात्न हाम्रो टोली नै त्यही थियो, घर आउने बेला बिहीबार बिहान समात्न सफल भँयौ’ उहाँले भन्नुभयो ।
दुई दिनसम्म खोजी गर्दा भेटाउन नसकिएका फरार हत्या आरोपी बोहरालाई बिहीबार बिहान घर नजिकैबाट पक्राउ गरिएको होे । वन क्षेत्रबाट घरतिर आउने बेला पक्राउ गरिएकाले वन क्षेत्रमै लुकेर बसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
पक्राउ परेका बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पुगाईएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?