दार्चुला । प्रजातन्त्र दिवसको अवसरमा दार्चुला कारागारबाट ४ जना कैदी जेलमुक्त भएका छन् ।

असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई रिहा गरिएको कारागार दार्चुलाले जनाएको छ ।

दार्चुला कारागारबाट रिहा हुनेमा १ जना कर्तव्य ज्यान मुद्दा र ३ जना चोरी मुद्दाका अभियुक्त रहेका छन् । डोटी घरधएका कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका महासिह कुवर रिहा भएको जेलर मानबहादुर खडायतले जानकारी दिनुभयो ।

यस्तै चोरी मुद्दामा जेल सजाय तोकिएका महाकाली नगरपालिकाका वडा नम्बर २ का कम्मानसिह डोबाल तथा रमेशसिह लोथ्याललाई जेलमुक्त गरिएको छ । यस्तै चोरी मुद्धामा नै जेल सजाय तोकिएका महाकाली नगरपालिका वडा नम्बर ५ का गणेशसिह धामीलाई जेलमुक्त गरिएको छ ।

अहिले जिल्ला कारागारमा ४२ जना कैदी तथा १६ जना थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?