दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकामा पनि ७१ औँ प्रजातन्त्र दिवस मनाइएको छ ।
गाउँपालिकाको सभाहलमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पंख बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रमा गाउँपालिका उपाध्यक्ष पार्वती राना भण्डारी प्रमुख अतिथि रहनुभएको थियो ।
दिवसको अवसरका रास्ट्रिय झण्डा उत्तोलन गरिएको थियो । त्यस्तै गाउँपालिका परिसर सरसफाइ र प्रजातन्त्र बिषयक बिचार विमर्श तथा अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो ।
अन्तरक्रयामा प्रशासन शाखाका कर्मचारी महेश दत्त भट्ट, आर्थिक प्रशासन शाखा प्रमुख नारद सिहँ बिस्ट, गाउँपालिका कर्मचारी अनिल बोहराले बिचार बक्तव्य प्रस्तुत गर्नुभएको थियो ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।





प्रतिक्रिया