भूमि सम्बन्धी समस्या समाधान आयोग दार्चुलाको कार्यालय स्थापना

दार्चुला । दार्चुलामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ ।

भूमि सम्बन्धी समस्या समाधानका लागी बनेको आयोगका जिल्ला अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमले शनिबार ( आज)कार्यालय उद्घाटन गरेको हो ।

जिल्ला समन्वय समितिमा स्थापना गरिएको कार्यालयले जिल्लाका भूमिहीनहरुका समस्या सम्बोधनका साथै समाधान गर्ने विश्वास व्यक्त गरिएको छ ।

जिल्लामा रहेका भूमि सम्बन्धी समस्याको समाधानका लागि नेपाल सरकारले यस अघि नै सबै जिल्लामा समिति गठन गरेको थियो ।

शनिबार भूमि सम्बन्धी समस्या समाधानका लागी बनेको आयोगका जिल्ला अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुदरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिह बोहराको प्रमुख आर्थित्यता रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिह बोहराले भूमि सम्बन्धी समस्या समाधानमा आयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भूमि सम्बन्धी समस्यालाई अब प्रभावकारी रुपमै समाधान गर्नेगरि काममा खटिन बोहराले आग्रह गर्नुभयो ।

भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एक जना विज्ञ सदस्य र एक जना सदस्य गरी तीन जना छन् ।

यस्तै आयोगमा डिभिजन वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालयका प्रमुख सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेका छन् ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष राम दत्त जोशीले आयोग मार्फत् जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभएको छ ।

कार्यक्रममा डिभिजन वन अधिकृत गोकुल रिजाल, दार्चुला तिंकर सडकका योजना प्रमुख अच्युत विलास पन्त, मालपोत कार्यालय दार्चुलाका प्रमुख लक्ष्मी राज विष्ट, प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना दार्चुलाका विष्णु प्रसाद ओझा, नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी, उपाध्यक्ष गौरी ठगुन्ना, लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी, उपाध्यक्ष माधवी जोशी, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्ट, सुरक्षा निकायका प्रमुख राजनितिक दलका जनप्रतिनिधिहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?