कैलालीमा १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

दार्चुला । कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउमा पर्नेमा जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीय नरेश देउवा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

देउवाले ती बालिकालाई ललाईफकाई होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?