दार्चुला । बैतडीमा कांग्रेसको कार्यक्रममाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै निवेदन दिईएको छ ।
डिलासैनी गाउँपालिकामा नेकपा ओली समूहका कार्यकर्ताले नेपाली कांग्रेसको कार्यक्रम माथि ढुंगामुढा गर्नेहरुलाई कारबाहीको माग गर्दै आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई निवेदन दिएकाछन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले फागुन ४ गते डिलासैनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गएका कांग्रेस केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौलाको टोलीमाथि आक्रमण गर्ने, उक्त घटना घटाउने दोषीहरुलाई कानुनी कठघरामा उभ्याउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन पत्र बुझाएका हुन् ।
आक्रमणमा १० जना घाइते भएका थिए भने पाँचवटा सवारीसाधन तोडफोड गरिएको कांग्रेश बैतडीले जनाएको छ ।





प्रतिक्रिया