संसद पुनर्स्थापनाको खुसीयालीमा दार्चुलामा दीप प्रज्वलन (तस्बिरहरू)

दार्चुला । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा दार्चुलामा दीप प्रज्वलन गरिएको छ।

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले खलंगा, गोकुलेश्वर लगायत विभिन्न स्थानमा मंगलबार साँझ दीप प्रज्वल गरेको हो । खलंगामा नेकपा जिल्ला अध्यक्ष गणेश खत्री सहितका नेता, कार्यकर्ताहरुले संसद पुनस्थापनाको खुसीयालीमा दिप प्रज्वलन गरेको नेकपा प्रचण्ड-माधव समुहका युवा नेता हरिश भट्टले जानकारी दिनुभयो ।

राष्टबादी नेता प्रेमसिंह धामीको सालिकमा माल्यार्पण समेत गरिएको बताइएको छ ।
भोलि विहान ११ बजे दार्चुला विकास संगठनमा पत्रकार सम्मेलनको आयोजना समेत गरिएको नेकपाले जनाएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो।

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।

May be an image of ४ people, including Deepak Joshi, उभिएका मानिसहरू तथा आगो

May be an image of ३ जना मानिसहरू तथा उभिएका मानिसहरू

May be an image of Deepak Joshi, standing तथा आगो

No description available.

यसैबिच नेपाल विद्यार्थी संघ दार्चुलाले समेत खलंगामा प्रतिनिधिसभा पुनस्थापना भएको खुसीयालीमा दिप प्रज्जलन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा रहेका सबै दल, संस्था र व्याक्तिहरुले सर्बोच्च अदालतको संसद पुनस्थापना गर्ने फैसलापछि प्रतक्ष, अप्रतक्ष रुपमा खुसीयाली मनाइरहेका छन् ।

May be an image of ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर

May be an image of 1 व्यक्ति, standing तथा  घरबाहिर

प्रधानमन्त्री केपी सर्मा ओली समुहको नेकपाले भने सर्बोच्चको फैसला अपेक्षा विपरीत आएको जनाएको छ । सबै दलले सर्बोच्चको फैसला स्विकार गर्ने बताएका छन् ।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?