हुनैनाथ मावि रातामाटाको ५३ औँ वार्षिकोत्सब सम्पन्न

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ४ रातामाटामा रहेको हुनैनाथ मावि रातामाटाको ५३ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशदत्त पन्त को अध्यक्षतामा भएको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी प्रमुख अतिथी रहनुभएको थियो ।

विद्यालयका शिक्षक गणेश दत्त अवस्थीले स्वागत मन्तव्य राखेर सुरु भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम राज जोशीले आर्थिक बर्ष २०७६/०७७ को विद्यालयको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रधानाध्यापक जोशीका अनुसार विद्यालयका कुल आय ८६ लाख ७८ हजार ६ सय ८२ रुपैया ७२ पैसा रहेको छ । त्यस्तै व्यय ७४ लाख ३३ हजार २ सय ५० रुपैया रहेको उहाँले बताउनुभयो ।

No description available.

त्यस्तै वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा विद्यालयले आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियागीता पनि सञ्चालन गरेको विद्यालयका शिक्षक मनोज जोशीले जानकारी दिनुभयो ।

हाजिरी जफाव प्रतियोगीतामा हुनैनाथ मावि रातामाटा प्रथम, एैडीबाग मावि मैखोली द्धितिय र आवि बुढाकोटले तृतिय स्थान प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । प्रतियोगतामा लेकम गाउँपालिका भित्रका ४ वटा विद्यालयको सहभागीता रहेको थियो ।

No description available.

कार्यक्रममा लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भवानी सिंह धामी, वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशी, हुनैनाथ मावि कुणीका प्रधानाध्यपक अम्बादत्त जोशी, अस्थाइ कोभिड अस्पताल रातामाटाका प्रमुख डाक्टर धिरज जोशी लगायतको सहभागीता रहेको थियो ।

२०२५ सालमा स्थापना भएको उक्त विद्यालयको ५३ बार्षिक उत्सव समारोहको उपलक्ष्यमा दार्चुला जिल्लाबाट निवाचित संघीय सांसद तथा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना, पुर्व मन्त्री तथा नेपाली काग्रेश नेता दिलेन्द्र प्रसाद बडू, प्रदेश सांसद गेल्बु सिह बोहरा लगायतले म्यासेन्जर मार्फत सुभकामना दिएको शिक्षक मनोज जोशीले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मनोज जोशी र निलकष्ठ जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?