दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ बम्नेत बस्ने १८ वर्षीय गोपाल सिह बोहराको मृत्यु भएको छ । लटिनाथ नमुना माबि चौपातामा कक्षा १२ मा अद्ययनरत बोहराको उपचारका लागि धनगढी लैजादै गर्दा बैतडीको ढिकगाड भन्ने ठाउँ नजिक मृत्यु भएको हो ।
मृतकका काका राजेन्द्र बोहराका अनुसार एक हप्ता पहिलेदेखि हल्का ज्वरो आएकोले ज्वरोको औषधी सेवन गराइएको थियो । हिजो रातीदेखि ज्वरो बढ्नुका साथै नाकबाट रक्तस्राब भएपछि आज विहान उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो ।
गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा दिउँसो ३ बजेतिर ढिकगाड नजिक एम्बुलेन्समै मृत्यु भएको आफन्तहरुले बताएका छन् ।
१८ वष अघि मृतक गर्भमै हुदा बुबा गजेन्द्र बोहराको समेत मृत्यु भएको थियो । अहिले मृतकको परिवारमा आमा र एक जना दिदि मात्रै रहेको मृतकका काका राजेन्द्र बोहराले बताउनुभयो ।
परिवारकै एक्लो छोराको मृत्यु भएपछि बोहरा परिवार शोकमा डुबेको छ ।





प्रतिक्रिया