अस्ट्रेलियासँगको दोस्रो टी–२० मा न्युजिल्याण्ड चार रनले विजयी

दार्चुला । अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेट न्युजिल्याण्डले चार रनले जितेको छ । न्युजिल्याण्डले दिएको दुई सय २० रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले आठ विकेट गुमाएर दुई सय १५ रन मात्रै बनाउन सक्यो ।

अस्ट्रेलियाका मार्कस स्टोनिसले ४७ बलमा ७८ र ड्यानियल साम्सले १४ बलमा ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनरले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १९ रन बनाएको थियो । उसका मार्टिन गुप्टिल ९७ रनमा आउट भए । त्यस्तै केन विलियमसनले ५३ र जेम्स नीशमले अविजित ४५ रन बनाए । अस्ट्रेलियाका केन रिचार्डसनले तीन विकेट लिए ।

यो जितसँगै पाँच खेलको शृङ्खलामा न्युजिल्याण्डले दुई–शून्यको अग्रता बनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?