दार्चुला । नेपाल–भारत मैत्री संघदार्चुलाको जिल्ला समिति चयन गरिएको छ । संघका निवर्तमान अध्यक्ष महादेव बडूको अध्यक्षतामा बसेको बैठकले उमेशसिंह खत्रीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।
संघको उपाध्यक्षमा सिमा सुनाम, सचिवमा बसन्त सिंह ठगुन्ना, कोषाध्यक्षमा प्रेम सिंह कार्कीलाई चयन गरिएको छ । संघको सदस्यहरुमा मोहनी अवस्थी, परुली कुवर, मंगल सिंह कार्की, हरिदत्त भट्ट, शम्भु गुरुङ्ग, दान सिंह तिंकरीलाई सदस्यमा चयन गरिएको छ । महादेव बडूलाई पदेन सदस्यमा चयन गरिएको छ ।
नेपाल–भारत मैत्री संघको विधान अनुसार ८ जना सदस्य नियुक्त गरिएको छ । सदस्यमा ललित सिंह बोहरा, दिलिप सिंह बुढाथोकी, मान सिंह बुढाथोकी, रघुविर सिंह ठगुन्ना, अमर सिंह धामी, बहादुर चन्द, शान्ती कार्की र अमर बहादुर बमलाई नियुक्त गरिएको छ । यसैगरी संघको केन्द्रीय अधिवेशनमा सहभागी हुनका लागि ७ जना चयन गरिएको छ । उमेश खत्री अध्यक्ष, बसन्त सिंह ठगुन्ना सचिव, मोहनी अवस्थी, रघुविर सिंह ठगुन्ना, बासुदेव सिंह ऐतवाल, ललित सिंह बोहरा र दान सिंह तिंकरीलाई चयन गरिएको हो ।
बैठकले नेपाल–भारत मैत्री संघ जिल्ला कार्यसमितिको नाममा समितिका अध्यक्ष सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षर हुने गरी राष्ट्रिय बाणिज्य बैंक दार्चुलामा खाता संचालन गर्ने निर्णय गरेको छ ।




