दार्चुला । प्रहरीले लागु औषध चरेश सहित दार्चुलाको बंगाबगड बजारबाट एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर १ इयरकोटका २५ वर्षीय मदन सिंह ठेकरे रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार ठेकरे बंगाबगडमा होटल व्यवसाय गर्दै आएका थिए । लागु औषध चरेशको कारोबार हुने गरेको आशंकाका आधारमा उक्त होटलमा छापा हान्दा ठेकरेको साथबाट ५२ दशमलव ७ ग्राम चरेश बरामद गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो ।

उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको छ । उनिमाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?