दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको सरुवा भएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेललाई जिल्ला प्रशासन कार्यालय मोरङ सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेल आठ महिना पहिले गत असार १० गते धनुषाबाट दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएको थियो ।

दार्चुलाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शिद्धराज जोशीलाई पठाइएको छ । पोखरेलको सरुवा भएपछि गृह मन्त्रालयबाट जोशीलाई दार्चुला सरुवा गरिएको हो ।

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ ।

जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?