दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानिकी १७ वर्षीया भागरथी भट्ट हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिन म्याद पाएको छ ।

अनुसन्धानका लागि पहिलो र दोस्रो गरि १० दिन म्याद पाएको प्रहरीले तेस्रो पटक ५ दिन म्याद पाएको हो ।

आरोपित दिनेश भट्टमाथि अनुसन्धानगर्न अदालतले ५ दिन थप गरेको जनाएको छ । बलात्कारपछि हत्या गरेको अभियोगमा गत फागुन ४ गते पक्राउ परेका भट्ट विरुद्ध भागरथीका दाजु केशव भट्टले कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गराएकाछन् ।

दिनेश नाबालक भएकाले २१ दिनभित्र प्रहरीले अनुसन्धान सकेर अदालतमा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

गतमाघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथीको बलात्कारपछि हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा शव फेला परेको थियो ।

दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले दिनेशलाई सार्वजनिक गरिसकेको छ ।

पक्राउ परेका उनले प्रहरीलाई दिएको बयानमा आफूले हत्या गरेको स्वीकार गरेका छन् । बलात्कारपछि हत्या गरिएकी भागरथीको शव १७ औँ दिनमा फागुन ७ गते अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?