दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको सामुदायिक बन बाट अबैध रुपमा ढुङ्गा चोरी निकासी हुने गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ मल्वावमा रहेको सामुदायिक वन क्षेत्रबाट दैनिक जासो टेक्टरका टेक्टर ढुङ्गा निकासी हुने गरेको स्थानीयहरुले बताएका छन ।
धौखानी सामुदायिक बनको बिचबाट मालिकार्जुन भगवती दत्तु सडक काटिएको छ । सडककै छेउछाउमा अबैध रुपमा ढुङ्गा निकाल्दा सडक नै अबरुद्ध हुने गरेको स्थानीयहरुको भनाई छ । धौखानी सामुदायिक वनको कुनै ठाउँमा सडकभन्दा २०–३० मिटर माथि सम्म समेत ढुङ्गा निकाल्ने गरेका छन ।
सामुदायिक वनकै पदाधिकारीको मिलेमतोमा ढुङ्गा तस्करी भइरहेको स्थानीयहरुले बताएका छन । एक जना स्थानीयले भन्नुभयो, सामुदायिक वनका अध्यक्ष सोही बाटोबाट दैनिक आवत जावत गर्नुहुन्छ, ठेकेदारका ढुङ्गा निकाल्ने मानिस निर्धक्क संग उहाँकै अगाडी ढुङ्गा निकालि राखेकै हुन्छन, उहाँले ननिकाल्नुस भनेर समेत भन्नु हुन्न । हामीले कुरा उठाउदा उल्टै धाक धम्की आउने गरेका छन, एक जना स्थानीयले भन्नुभयो ।
गाउँपालिकाको वडा नम्बर ३ को करिब ३–४ सय मिटर सडक छेउ भरि ढुङ्गा थुपारिएको उहाँले बताउनुभयो । उसो त सामुदायिक वन फडानी गर्नै क्रम पनि बढ्दै गएको छ । केही बर्ष अघि सम्म घना जङ्गल देखिने ठाउँहरु अहिले नाङ्गो डाडामा परिणत भएको स्थानीय अनिल धामीले बताउनुभयो । पटक पटक डिभिजन वन कार्यालय दार्चुलालाई लिखित र मौखिक रुपमा जानकारी गराउदा समेत कुनै चासो नदेखाएको स्थानीय धामीको भनाई छ ।
उक्त क्षेत्रमा ढुङ्गा निकालेकै कारण गत बर्षातमा सडक विभागको भवन रहेको तल बाट करिब एक सय मिटर लामो पहिरो गएर एतिहासिक पानिको न्वालो समेत पुरिएको थियो । यसरि भइरहेको वन विनासले बाढि पहिरो लगायतका प्राकृतिक प्रकोपहरु निम्त्याउने चिन्ताले स्थानीय त्रसित छन ।
गत वर्ष बर्षातको पहिरोले त्यस क्षेत्रको ऐतिहासिक तथा धार्मीक न्वालो कुन ठाँउमा हो भनेर समेत थाहा नहुने अवस्थामा पुगेको छ, स्थानीय धामीले भन्नुभयो । सामुदायिक वनबाट ढङ्गा निकालेर प्रति टेक्टर ६, ७ हजारमा विभिन्न ठाउँसम्म पठाउने गरेको स्थानीयहरुको आरोप छ ।
प्राकृतिक सम्पंदाको संरक्षणको लागी सम्बन्धीत निकायले कुनै चासो नदेखाएको प्रति स्थानीयहरुले दुःख व्यक्त गरेका छन । वन कार्यलयले पठाएका कर्मचारीहरु समेतको मिलेमतामा यस्तो काम भइरहेको स्थानीयहको आरोप छ ।
डिविजन वन कार्यालय दार्चुलाका वन अधिकृत गोकुल रिजालले पनि उक्त क्षेत्रमा भइरहेको अबैध रुपमा ढुङ्गा चोरी निकासी भइरहेको र वन फडानी भइरहेको उजुरी प्राप्त भएको स्वीकार गर्दै त्यस क्षेत्रमा कर्मचारी परिचालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
उक्त वन क्षेत्रबाट स्थानीयतहको पुर्वाधार निर्माणको लागी ढुङ्गा निकाली रहेको भन्ने जानकारी प्राप्त भएको र स्थानीय तहले वन समितिको सहमतीमा ढुङ्गा निकाल्न पाउँने व्यवस्था रहेकोले उहाँको भनाई छ । तर स्थानीयका अनुसार वडा नम्बर ३ मा कुनै पनि स्थानीय तहको भौतीक पुर्वाधार निर्माण नभएको स्थानीयहरुको दावी छ ।
वन अधिकृत रिजालले उक्त क्षेत्रमा छिटै कर्मचारी पठाएर सत्यतथ्य छानविन गरिने बताउनुभयो । सामुदायिक वन क्षेत्रबाट अबैध रुपमा ढुङ्गा निकालेको पाइए आवश्यक कार्वाहि गरिने रिजालले बतानुभयो ।
त्यस्तै वडा नम्बर ३ कै कौलासैन सामुदायिक वनमा पनि चोरी सिकारी र वन फडानी बढीरहेको स्थानीयहरुले बताएका छन । कौलासैनी सामुदायिक वनका अध्यक्ष गणेश सिंह धामीले पकट पटक चोरी सिकारी नगर्न र वन फडानी नगर्न आग्रह गर्दा पनि स्थानीयले लुकिछिपी चोरी सिकारी गर्ने गरेको बताउनुभयो ।
पटक पटक त्यसो नगर्न आग्रह गरेको छु, लुकिछिपी रातको समयमा बन्दुक पड्केको आवाज आउछ, अध्यक्ष गणेश सिंह धामीले भन्नुभयो । पकट पटक आग्रह गर्दा पनि वन समितिको निणर्य विपरित चोरी सिकारी भइरहेको बताउदै उहाँले वन फडानी र चोरी सिकारीमा मल्वावकै स्थानीयहरु सक्रिय रहेकोले आफु एक्लैले केही गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, म एक्लै ले के गर्न सक्छु, धेरै जसो स्थानीयहरुनै वन फडानीमा सक्रिय छन । नगर्नुस भन्दा मान्दैन्न । उक्त क्षेत्रको एतिहासिक वन रोकथामका लागी मल्वाव क्षैत्रकै स्थानीयहरुले सक्रिय हुनुपर्ने उहाँको भनाई छ ।
वन फडानी गर्ने क्रममा फेला परेकाहरुलाई समितिको निणर्य अनुसार कार्वाहि गरिएको उहाँको भनाई छ । सामुदायिक वनको चार किल्ला भित्र चोरी सिकारी तथा वन फडानी नगर्न अध्यक्ष धामीले आग्रह गर्नुभएको छ ।





प्रतिक्रिया