बैतडीमा बुवाले गरे तीन महिने छोराको हत्या

दार्चुला । बैतडीमा तीन महिने छोरालाई कुटेर एक बुवाले ज्यान लिएका छन्। पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ३ महिने लक्ष्मण चन्दको उनकै बुवा ४४ वर्षीय बुवा राजबहादुरले हत्या गरेका हुन्।

राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई घरबाटै पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘सुतिरहेका छोराको टाउकोमा हानेछन्,’ उहाँले भन्नुभयो, ‘बच्चा बीभत्स रुपमा छ, उनले छोरालाई किन मारे भन्ने खुल्न सकेको छैन, हामी घटनास्थलमै छौं।’

यस्तै, राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुवा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन्। लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुवा र भाइमाथि पनि आक्रमण गरेका प्रहरीले जनाएको छ।

मन्धिरको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। राजबहादुरले मारेका ती छोरा ३ छोरीपश्चात जन्मेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?