डिलाशैनी गाउँपालिकाद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्री बितरण

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाले विद्यालयहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

गाउँपालिकाभित्र रहेका ३५वटा आधारभूत तहका विद्यालयलाई शैक्षिक सामाग्री बितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पंखबहादुर शाहले जानकारी दिनुभयो ।

गाउँपालिकाले ग्लोव, नेपालको नयाँ नक्सा, झण्डा, फ्लाटिन बोर्ड, शैक्षिक चार्ट लगायतका शैक्षिक सामाग्री बितरण गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले शिक्षक तथा विद्यालयका प्रतिनिधिलाई गाउँपालिकामै बोलाएर उक्त शैक्षिक सामाग्री बितरण गरेको प्रमुख प्रशासकिय अधिकृत शाहले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट बिनियोजित २ लाख बजेटमा खरिद गरिएका उक्त सामाग्री विद्यालयहरुलाई बितरण गरिएको हो । पहिलो चरणमा उक्त सामाग्री बितरण गरिएकोमा दोश्रो चरणमा पनि सुचना पार्टि, गोजिपात्रो लगायतका सामाग्री बितरण गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?