व्यासमा गाउँपालिका अध्यक्ष कप भलिबल संचालन हुने

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा  गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।

खेलको जगेर्ना र खेलाडीको पहिचान गरि खेलाडीको प्रतिभा प्रष्फुटन गर्न हरेक बर्ष व्यास गाउँपालिकामा  संचालन हुँदै आएको  गाउपालिका अध्यक्ष भलिबल कप यो बर्ष महाशिवरात्री पर्वको अवशरमा राष्ट्रिय,  स्थानीय कलाकारहरुको प्रस्तुतिका सहित गाउँपालिकाको वडा नम्बर ५ धौलाकोट स्याकुमा संचालन हुने भएको हो ।

व्यास गाउँपालिकाको आर्थिक सहयोग र स्व.सुरेन्द्र धामी स्मृति प्रतिष्ठान द्वारा आयोजना हुने चौथो ब्यास गाउँपालिका अध्यक्ष भलिबल प्रतियोगिता फागुन २७ गते उद्घाटन गरिने आयोजकले जनाएको छ ।

खेलमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः रु.५१ हजार, ३१ हजार र ११ हजार नगद सहित सिल्ड मेडल प्रमाणपत्र पुरस्कार रहने बताइएको छ ।

खेल उद्घाटन समारोह का दिन सुदुरपश्चिम का चर्चित लोक देउडा गायक तथा हास्यब्यङ कलाकार भानुभक्त जोशी, देउडा गायिका पुर्णिामा ठगुन्ना ,गायक सौगात ओझा र नृत्य कलाकार कोपिला सिह को प्रस्तुति रहने छ ।

भलिबल खेल पहिलेदेखि नै सबैले रुचाएको खेल हो । बिचमा केहि समय सुस्ताएको थियो, अहिले जिल्लाका स्थानीय तहले प्रतियोगिता आयोजना गर्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रमा समेत भलिबल खेलको आकर्षक बढ्दो छ, जिल्लाका भलिबल खेल प्रशिक्षक भोजराज जोशीले भन्नुभयो ।

यसरी गाउँपालिकाले आयोजना गर्ने प्रतियोगितामा ग्रामिण क्षेत्रमा लुकेर रहेका खेलाडीको क्षमता पनि बाहिर आउने उहाँको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?