एलपीएल : विरेन्द्र नाथको उत्कृष्ट प्रदर्शन, विद्या भूषणको दोस्रो जित

दार्चुला । विद्या भूषण र नव बाल बाटिका स्कुल बौैनीयाले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेका छन् ।

विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

उसका लागि प्रदिप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, बसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २÷२ विकेट लिए । ९२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको त्रिनगर ६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २७ रनमा समेटियो ।

उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । त्रिनगरलाई सस्तैमा समेट्ने क्रममा विद्या भूषणका कप्तान विरेन्द्र नाथले ६ र शेर मल्लले ४ विकेट लिए । खेलको म्यान अफ द म्याच विद्या भूषणका कप्तान विरेन्द्र नाथ भए ।

यसअघि अर्को खेलमा नव बाल बाटिकाले रोजी बड्सलाई ८ विकेटले पराजित ग¥यो । संघीय प्रहरी इकाई कार्यालय धनगढीको खेल मैदानमा पहिले ब्याटिङ गरेको रोजी बड्सले १५ ओभर २ बलमा अलआउट हुँदै ८० रन बनायो । रोजी बड्सका याकुब मियाले २४ रन बनाए ।

बाल बाटिकाका विशाल बिक्रम केसीले ३, हिमाल बिक र हिमाल मल्लले २÷२ विकेट लिए । रोजी बड्सले दिएको सामान्य लक्ष्य बाल बाटिकाले ९ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । बाल बाटिकाका लागि विशाल बिक्रम केसीले अविजित २६ रन जोड्दा कमल ओलीले अविजित १५ रन बनाए । खेलको प्लेयर अफ दि म्याच बाल बाटिकाका विशाल बिक्रम केसी चुनिए । प्रतियोगितामा बाल बाटिकाको दोस्रो जित हो ।

प्रतियोगिताअन्तरगत भोलि होलिल्याण्ड र धनगढी नमुना तथा बाल बाटिका र गुरुकुलबीच खेल हुनेछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?