दार्चुला । माओवादी केन्द्रले पनि जिल्ला पार्टी कार्यालयको पार्टी कार्यालय उद्घाटन गरेको छ ।
जिल्ला सदरमुकाम खंलगामा रहेको केन्द्रको पुरानो पार्टी कार्यालयमा नै कार्यालय स्थापना गरि ब्यानर र झण्डा राखि कार्यालय उद्घाटन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
माओबादी केन्द्रका नेताहरुको उपस्थितिमा बोर्ड र झण्डा राखिएको हो ।
नेकपा माओबादी केन्द्रका तत्कालिन संयोजक गणेश खत्री, नेताहरु जमन सिह धामी , दिपक जोशी , कृष्ण सिह धामी, खडक सिह धामी, जीवन लोथ्याल, सुरेन्द्र बम लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पार्टी कार्यालयमा बोर्ड राखिएको माओवादी केन्द्रका नेता एवं मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले जानकारी दिनुभयो ।





प्रतिक्रिया