भागरथी बलात्कार–हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागी बाल सुधार गृह पठाइयो

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ ।

घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका दिनेश भट्टलाई सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो ।

भट्टको हत्याका अभियुक्त उनलाई अदालतको आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइए जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

गत माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा १७ बर्षिया भागरथीको बलात्कारपछि हत्या भएको थियो । २१ माघमा बेपत्ता भएकी भट्टको भोलीपल्ट घर नजिकैको लबलेक जंगलमा शव फेला परेको थियो ।

सोही अभियोगमा फागुन ४ गते पक्राउ परेका दिनेशले आरोप स्विकारेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?