बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु

 बैतडी। बैतडीमा कोठामा निस्सासिएर एकजनाको मृत्यु भएको छ ।

कोठाभित्र हिटर बालेर सुतेका दुईजना मध्ये एक जनाको निस्सासिएर मृत्यु भएको हो । एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका ३ पुडिलका ३५ वर्षीय राजसिंह साउँद रहेका छन् । राजसिंहकी भतिजी २० वर्षीया सरिता साउँदलाई अचेत अवस्थामा उद्धर गरिएको छ ।

राजसिंहले हिजो धनगढीबाट कुखुराका चल्ला ल्याएको र खोर बन्न बाँकी रहेकोले कोठाभित्रै रोखका थिए ।

चल्लालाई चिसो हुन्छ भनेर कोठामा हिटर बालेर सुत्दा उनको निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

अचेत अवस्थामा भेटिएकी सरितालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?