नेकपा एमाले दार्चुलाले चैत ५ गते ९ वटै स्थानीय तहमा पार्टी कार्यालयको उद्धघाटन गर्ने

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी एमालेले चैत ५ गते दिउँसो १ बजे जिल्लाका ९ वटै स्थानीय तहमा पार्टी कार्यालयहरुको उद्घाटन गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला पदाधिकारीहरुको आज बसेको बैठकले चैत ५ गते एक साथ जिल्लाका ९ वटै स्थानीयतहरुमा पार्टी कार्यालयको उद्घाटन गर्ने निणर्य गरेको हो ।

नेकपा एमाले जिल्ला अध्यक्ष राम दत्त जोशीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ९ वटै स्थानीय तहहरुमा पार्टी कार्यालय उद्घाटनका लागी ९ वटै स्थानीय तहहरुमा एक एक जनालाई जिम्मेवारी दिने पनि निर्णय गरेको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिंह बडालले जानकारी दिनुभयो ।

पार्टी कार्यालय उद्घाटनको लागी जिल्लाको मालिकार्जुन गाउँपालिकामा राम दत्त जोशीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै व्याँस गाउँपालिकामा उदय बडाल, महाकाली नगरपालिकामा ज्ञानेन्द्र घर्ती, नौगाड गाउँपालिकामा चरन सिंह बुढाथोकी र दुहुँ गाउँपालिकामा नरेन्द्र सिंह तिङ्करीलाई जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो । त्यस्तै लेकम गाउँपालिकामा परमानन्द जोशी, शैल्यशिखर नगरपालिकामा विजय सिंह धामी, अपि हिमाल गाउँपालिकामा धर्मान्नद मन्याल र मार्मा गाउँपालिकामा देव सिंह महरलाई पार्टी कार्यालय उद्घाटनको जिम्मेवारी तोकिएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?