अनुसन्धानलाई निरन्तरता दिने सहमतिपछि डोटीका शिक्षक भट्टराईको शव आफन्तले बुझे

दार्चुला । डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृत अवस्थामा भेटिएका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि आफन्तले बुझेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धानलाई निरन्तरता दिने सहमतिपछि आफन्तले शव बुझेका हुन् ।

सात दिनदेखि मृतकको शव डडेल्धुराको उप–क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको थियो । शव बुझेसँगै मृतकको दाहसंस्कार भएको डोटी प्रहरीले जनाएको छ । अस्पतालमा गरिएको शव परीक्षण रिर्पोटबाट केही नदेखिएपछि भिसेरा परीक्षणका लागि मृतकको नमुना काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृतक शिक्षक भट्टराई १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा पढाउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?