दार्चुला भन्सारद्धारा ४ महिनामा ५ लाख बढी राजस्व संकलन

दार्चुला ।  भन्सार कार्यालय दार्चुलाले ४ महिनाको अवधिमा ५ लाख बढी राजस्व संकलन गरेको छ ।

कोरोना संक्रमणको कारण गत चैत देखि बन्द रहेको भन्सार कार्यालय यो बर्षको पुस महिनाबाट नियमित रुपमा सञ्चालनमा आएको थियो ।

गत बर्षको चैतमा कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय सिमानाका बन्द हुदा भन्सार कार्यालय पनि बन्द गरिएको थियो ।

पछिल्लो समय कोरोना संक्रमण कम भएको र खोप पनि आइसकेकोले भारत संग जोडिएका सिमानाकाहरु खुले संगै भन्सार कार्यालय दार्चुला पनि सञ्चालनमा आएको भन्सार कार्यालय दार्चुलाका कार्यालय सहायक मोहन डोबालले जानकारी दिनुभयो ।

मंसिर महिनामा केही दिन मात्रै कार्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयो । मंसिरमा कार्यालयले एक लाख २१ हजार २ सय ३१ रुपैयाँ राजस्व संकलन गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पुस महिनाको २३ गतेदेखि सिमानामा नियमित सञ्चालनमा आए संगै भन्सार कार्यालय पनि नियमित सञ्चालनमा आएको थियो ।

पुसमा भन्सार कार्यालयले एक लाख ४४ हजार ३ सय ५१ रुपैया राजस्व संकलन गरेको छ । त्यस्तै माघ महिनामा १ लाख ४९ हजार २८ रुपैयाँ र फागुनको २१ गते सम्म १ लाख २४ हजार ३ सय ७९ रुपैया गरि ४ महिनाको अवधीमा ५ लाख ४८ हजार ९ सय ८९ रुपैया राजस्व संकलन भएको कार्यालयको तथ्याङ्क रहेको छ ।

नेपाल सरकारले यो बर्षबाट छोटी भन्सार कार्यालयको रुपमा रहेको भन्सार कार्यालयको स्तरोन्ति गरि भन्सार कार्यालय बनाएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?