भारतविरुद्धको दोस्रो टी-२० क्रिकेटमा इङ्ग्ल्याण्ड ७ विकेटले पराजित

दार्चुला । दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ ।

घरेलु मैदान अहमदाबादमा गएराति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।

इङ्ग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १३ बल बाँकी छँदै भेट्टायो । भारतका लागि इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले ।

डेब्यु खेलाडी किशानले ५६ रन बनाए भने कोहलीले ७३ रनको योगदान गरे । यस्तै, ऋषभ पन्तले २६ रन जोडे । इङ्ग्ल्याण्डका लागि साम करण, क्रिस जोर्डन र आदिल राशीदले एकरएक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १/१ को बराबरी गरेको छ । पहिलो खेलमा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?