कैलालीमा डीआईजीका अंग रक्षक, असईसहितका जुवाडे पक्राउ

दार्चुला । कैलालीमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षकसहितका जुवाडे पक्राउ परेका छन्।

बुधबार राति कैलालीको ओलानी क्षेत्रबाट प्रहरीले तीन लाख नगदसहित डीआईजी सुवेदीका अंग रक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका केही जुवाडेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

तर कैलाली प्रहरीले भने अहिलेसम्म जुवाडे पक्राउ परेको कुरा सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जुवाडे पक्राउ परेको प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिने बताउनुभयो ।

उहाँले डीआईजी सुवेदीका अंग रक्षक भट्ट पनि पक्राउ परेको विषयमा बुझ्दा आफूलाई विस्तृतमा जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।

भट्टलाई प्रदेश प्रहरी कार्यालयले हाल घुमुवा प्रहरीका रुपमा पनि खटाउने गरेको बुझिएको छ। -दिनेशखबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?