डडेल्धुरामा जीप दुर्घटनाः चार जना रेफर

दार्चुला । डडेल्धुरामा जीप दुर्घटना हुँदा घाइते भएकाहरुलाई धनगढी र नेपालगञ्ज रेफर गरिएको छ।

जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ३ मा सु-प-प्र ०१–००१ ज ११६५ नम्बरको जीप शुक्रबार बेलुका दुर्घटना हुँदा ५ जना घाइते भएका थिए। घाइते मध्ये ४ जनालाई थप उपचारको लागि धनगढी र नेपालगञ्ज रेफर गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दका अनुसार टाउकोलगायत भागमा चोट लागेर घाइते भएका अजयमेरु गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षिय राजेन्द्र पाण्डे, ३० वर्षीया सीता पाण्डे, २२ वर्षीया जयन्ती पाण्डे र ५२ वर्षिय बलबहादुर पाण्डेलाई धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको हो।

तर ढाडमा पनि समस्या भएकी जयन्ती पाण्डेलाई धनगढीबाट थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको माया मेट्रो अस्पतालका अहेब टेकबहादुर माझीले बताउनुभयो। त्यस्तै, सामान्य घाइते भएका बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ३ का ३६ वर्षिय खेमराज भट्टको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डडेल्धुरा सदरमुकामदेखि अजयमेरु जाँदै गरेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको जनाइएको छ।

कैलालीमा कोइला बोकेको भारतीय ट्रक दुर्घटना

कैलालीमा कोइला बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटनामा परेको छ ।

जिल्लाको टीकापुर नगरपालिका -४ स्थित टीकापुर(लम्की सडकखण्डमा यू पी ३१ ८१५९ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

कोइला ल्याएर खक्रौलाबाट टीकापुर आउँदै गरेको सो ट्रक शुक्रबार राति ८ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताउनुभयो ।

उहाँले दुर्घटनामा परी घाइते भएका ट्रक चालकको परिचय भने खुल्न बाँकी रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?