‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै : मुखको स्याहार गर्न डाक्टरकाे सुझाव

दार्चुला । आज विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

स्पेनको मड्रिडमा भएको डेन्टल कांग्रेसले हरेक वर्ष मुख स्वास्थ्य दिवसका लागि नयाँनयाँ नारा बनाउने गर्छ ।

यस वर्षको नारा ‘आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने रहेको छ । मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्गलाई बुझिन्छ ।

समयमै उचित ध्यान नदिँदा दाँत तथा मुखका सामान्य समस्याले पनि जटिलता उत्पन्न गर्ने भएकाले मुख स्वास्थ्यप्रति सजग रहन डाक्टरले सुझाव दिएका छन् ।

नेपालीले मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्यालाई सामान्य जस्तै मान्ने गरेको पाइन्छ । मुखका समस्याले शरीरका अन्य अङ्गमा पनि रोग लाग्ने गरेको डाक्टर अच्युत खनालले बताउनुभयो । डाक्टरका अनुसार मुटुका रोग, प्रेसर, सुगरलगायतका ६० प्रतिशत रोग मुखको स्याहार नगर्दा लाग्ने गर्छ ।

दाँतको सरसफाइ गर्दा धेरै रोगको जोखिम घटाउन सकिने भएकाले मुख स्वास्थ्यमा विशेष ध्यान दिन डाक्टर खनालको सुझाव छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?