श्रीमतीको हत्या गरेर प्रहरीलाई फोन

दार्चुला । डडेल्धुरामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउँदको हत्या गरेका हुन् ।

ढेड फिट चिरेको काठले हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उहाँले बताउनुभयो ।

श्रीमतीको हत्या गरेका साउँदलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताउनुभयो। उहाँले श्रीमान् श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो ।

‘म बाहिर थिए, घरमा आउँदा श्रीमती रक्ताम्य देखे । मृत्यु भइसकेको जस्तो छ भनेर साउँदले प्रहरीलाई खबर गरे सुरुमा,’ प्रहरी नायव निरीक्षक चन्दले भन्नुभयो, ‘प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो । पछि प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन् ।’

मृतक मनिषाका एक छोरा र एक छोरी छन् । मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?