दोगडाकेदारमा चैत १८ गतेदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकामा चैत्र १८ गतेदेखि राष्ट्रपति रनिङ सिल्ड प्रयोगिता सञ्चालन हुने भएको छ ।

गाउँ शिक्षा समितिको यहि चैत्र ५ गतेको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७७ं÷०७८ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता १८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

खेलहरु यहि चैत्र १८ गते देखि २२ गते सम्म दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा रहेको खोला खेलमैदानमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा गाउँपालिका भरिका माध्यमिक विद्यालयहरुको सहभागीता रहने निमित्त प्रमुख प्रसासकिय अधिकृत रविन्द्र बहादुर धामीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत छात्रछात्रा दुबैतर्फ भलिबल, दौड, रिले, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतका खेलहरु सञ्चालन हुने गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?